तिलोत्तमा–१४ मा सार्वजनिक सुनुवाई

तिलोत्तमा–१४ मा सार्वजनिक सुनुवाई

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । साविक टिकुलीगढ गाउँ विकास समिति (गाविस) बाट बनेको वडा नम्बर १४ ले वर्षभरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।

वडाअध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।तिलोत्तमा–१४ मा सार्वजनिक सुनुवाई

अध्यक्ष पौडेलले वडाका निमाण योजना र कार्यक्रम सम्पन्न गरेपश्चात हरेक विकासका योजनाहरू पारदर्शी हुनुपर्ने भन्दै वडाले सार्वजनिक सुनुवाइ गर्नु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सेवा प्रवाह र वडाका योजनाहरुमा सुशासन कायम भएमा मात्र सेवाग्राहीले सहजता पाउने उल्लेख गर्नुभयो । ठुलो संघर्षबाट स्थानीय तह निर्माण भएकाले जनप्रतिनिधि सबैको साझा हुनुपर्ने र हातेमालो गरेर समाज निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो

त्यस्तै तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले युवा महिलासँगै विद्यार्थी र विद्यालयका बारेमा आएका जिज्ञासाको समाधान गर्नुभएको थियो । सेवाग्राहीहरुले विकास निर्माणप्रति चासो दिएर गुणस्तरयुक्त योजना सम्पन्न गर्न सबैको निगरानी आवश्यक भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु भुपाल सिंह छन्तेल, विष्णुमाया पुन, विष्णु कुमारी सावत, सन्तवीर चौधरी, वडा सचिव तेजेन्द्र बस्नेत, टोल विकास संजालका अध्यक्ष देव बहादुर बगाले, नगर बाल संजालका अध्यक्ष विवेक खड्का, वडा बाल संजालका उपाध्यक्ष पदमा न्यौपाने, विद्यालयका प्रधानध्यापक,, टिकुलीगढ़ खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्याम खरेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले वडाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । कार्यक्रमको संयोजन तिलोत्तमा सिटीले गरेको थियो भने सञ्चालन पत्रकार सरु रानाले गर्नुभएको थियो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij