सिंचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

सिंचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

 

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्र रहेको वडा १० र ११ मा सिंचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ । वडा नम्बर १० मा गत वर्ष ९ वटा बोर गाडिएको थियो । यो वर्ष वडा नम्बर ११ मा ६ वटा बोर गाड्ने काम अहिले धमाधम भइरहेको छ ।

सिद्धार्थनगर नगरपालिका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगरमा बजेट अपुग भएपछि व्यक्तिगत लगानीमै ५ वटा बोर जडान गर्नुभएको थियो । उक्त वडामा बाँकी ८ वटा गरी १३ वटा बोर जडान गरिएको थियो । निर्वाचनमा कृषि उत्पादन बढाउनको लागि कृषकहरुसँग सिंचाई सुविधाको प्रतिवद्धता गर्नुभएका मेयर खाँले नगरको बजेट कम हुँदा आफ्नै १० लाखको लगानीमा ५ वटा बोर जडान गर्नुभएको थियो ।

सुख्खा क्षेत्रमा बोरमार्फत सिंचाई सेवा सुरु भएपछि किसानलाई राहत भएको र नगरप्रमुखले आफ्नै लगानीमा निःशुल्क बोर जडान गरी सिंचाईको व्यवस्था गरेपछि किसान थप उत्साहित बनेको कृषक माधव मुराउले बताउनुभयो ।

कृषक चन्द्रवती कोईरीले सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसँग उब्जनी नहुने जमिनमा सिंचाई सुविधापछि किसानहरु उत्पादन लिन सफल भएको बताउनुभयो । कृषिमा सिंचाईका लागि नगरप्रमुख खाँले खेलेको भूमिका उदाहरणीय रहेको उहाँले बताउनुभयो ।

यो वर्ष नगरको १० लाखको लगानीमा वडा नम्बर ११ मा ६ वटा बोर जडान गर्ने काम भइरहेको मेयर खाँले जानकारी दिनुभयो । बोरसँगै विपन्न वर्गका लागि स्वच्छ पिउने पानीका लागि ट्युबेल जडान समेत गरिको छ ।

किसानहरुलाई सुख्खा ठाँउमा सिचाँईको सुविधा पुर्याएसँगै किसानहरुको दैनिकीमा फेरबदल हुनुका साथै किसानले राहतको महसुस गरेको नगरप्रमुख खाँले जानकारी दिनुभयो । सिद्धार्थनगर औद्योगिक, पर्यटकीय नगरसँगै यहाँका केही क्षेत्रहरु कृषि उब्जाउमा समेत पकेट क्षेत्र रहेकाले अन्य क्षेत्रको विकाससँगै नगरले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij