सुत्केरीको हौसला स्वरुप सुत्केरी घर भेट कार्यक्रम गर्दै बुटवल उपमहानगरपालिका

सुत्केरीको हौसला स्वरुप सुत्केरी घर भेट कार्यक्रम गर्दै बुटवल उपमहानगरपालिका

 

बुटवल-बुटवल उपमहानगरपालिकाले सुत्केरीको हौसला स्वरुप सुत्केरी घर भेट कार्यक्रम गर्दै आएको छ । सुत्केरी महिला र नवजात शिशु स्याहार र प्रोत्साहनका लागि यो कार्यक्रम गरेको हो ।

सरकारी तवरका स्वास्थ्य संस्थामा सेवा ग्राही विश्वस्त हुन नसकेको र सेवा प्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेको बेला बुटवलमा भने सरकारी सेवा लिनेको  संख्या उल्लेख्य छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले मातृशिशु , महिला , गर्भवती , बालबालिका देखी हरेक उमेर समुहलाई लक्षित गरी प्रभावकारी सेवा उपलब्ध गराउने कोशिस गरिरहेको बताउनुभयो । सुत्केरी
भेटघाट कार्यक्रम संचालन गर्नेमा ब’टवल मुलुकमै नमूना भएको पनि उहाँले दावी गर्नुभयो ।

सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत दुग्धबर्धक जडिबुटि, आइरन चक्की , फोलिक एसीड लगायतका कोशेली वितरण गर्ने गरेको छ ।
बुटवल वडा नं १० की गिता गाहा उपमहानगरले ल्याएको यो सेवा पाएकोमा खुसी हुनुहुन्छ । २०८१ साल फागुन ३ गते सुत्केरी हनुभएकी गीतालाई सुत्केरी पछिबच्चालाई जण्डिस देखिएको थियो सुत्केरी अवस्थामा बच्चालाइ कसरी अस्पताल लैजाने भन्ने समस्याले घेरेकाबेला उपमहानगरपालिकाबाट आएको स्वास्थ्य कर्मी संगैको टोलीले आफ्नो र बच्चाको चेक जाँच गरेर ठूलो गन लगाएको गिताले बताउनुभयो ।वडा रहेका स्वास्थ्य स्वयंसेवीकाहरुले आफनो वडा तथा टोलक्षेत्रमा भएका सुत्केरीको अवस्थाका बारेमा सम्बन्धित निकायलाइ जानकारी गराउने र त्यसकै आधारमा उपमहानगरको स्वास्थ्य कर्मी समेतको टोली सुत्केरी भेटघाटमा आउने गरेको बुटवल १० की महिला स्वयंसेवीका शालिनी शर्माले बताउनभयो ।

नगर भित्रका सुत्केरीहरुको स्वास्थ्य अबस्था बारे चासो राख्दै उपमहानगरपालिकाको टोली प्रत्येक वडामा जाने
बताइरहदाँ उता बुटवल वडा नं १५ साविक सेमलारका कमला आचार्य र निशा आचार्य भने यो सेवा बाट बञ्चित हुनुभएको छ । २०८१ असार १० गते सुत्केरी हुनुभएकी निशा आचार्य ले बुटवल उपमहानगरपालिकाले प्रदान गरेका सुत्केरी घर भेट कार्यक्रमका बारेमा आफु अनभिज्ञ
रहेको बताउनुभयो । २०८१ भदौ २९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा सुसत्केरी हुनुभएकी कमला आचार्यले पनि यो सेवा बारे आफुलाइ जानकारी नभएको बताउनु भयो । उपमहानगरले तिनाउ पारि साविक सेमलार मोतीपुरलाई उपेक्षा गरेको गुनासो उहाँले गर्नु भयो ।

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक यवराज पाण्डेले नगरभित्रका सुत्केरीहरुको स्वास्थ्य अवस्था जस्तै पाठेघरको अबस्था, नवजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन स्वास्थ्यकर्मी सहितको टोली घरघरमा पग्ने गरेको बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाले गर्दै आएको सुत्केरी  भेटघाट कार्यक्रम ३ वटा अस्पतालमा प्रसुती गराएकाले मात्रै पाउने गरेका छन् । जनस्वास्थ्य निरिक्षक पाण्डेका अनुसार लुम्बिनी  प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्य चौकीमा प्रस७३घढसती गराउने सुत्केरीले मात्र यो सेवा पाउने बताउनु भयो । सुत्केरी भेटघाटमा ६ महिना सम्म पुग्ने गरी पर्याप्त मात्रामा पौष्टिक आहार पनि सो अबसरमा वितरण गर्ने गरिएको महिला स्वयं सेवीका शालिनी शर्माले बताउनु भएको छ । अघिल्लो बर्षको तथ्यांक हेर्ने हो भने उपमहानगरमा एक बर्षमा करिब तीन हजार महिला सुत्केरी हुने गरेकोजनस्वास्थ्य निरिक्षक पाण्डेको भनाई छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij