जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवल १७ रानिगन्जमा पनि कानुनी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
मिलिजुली दलित समुहका अध्यक्ष टीकाराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मीले भेदभाव र छुवाछूत अन्त्यको सवालमा सबै स्थानीय सरकारहरूको दायित्व रहेको बताउनुभयो। उहाँले भन्नुभयो,“संविधानमै गैरकानुनी घोषित भइसकेको छुवाछूत व्यवहार आज पनि समाजमा जीवित छ भने त्यो हाम्रो व्यवस्थापनको कमजोरी हो। यसलाई कानूनी मात्र होइन, सामाजिक चेतनाको माध्यमबाट अन्त्य गर्न जरुरी छ।
संविधानले छुवाछूतलाई गैरकानुनी मानेर कडा कानुनी प्रावधानहरू समावेश गरे पनि व्यवहारमा हामी अझै परम्परागत सोच र सामाजिक संरचनाबाट मुक्त हुन सकेका छैनौं। यस्ता सचेतनामूलक कार्यक्रमहरूले समुदायभित्र कानुनी चेतना फैलाउन मद्दत गर्छन्।”
कार्यक्रमका प्रशिक्षक अधिवक्ता गोमती सुनार दिपाले दलित समुदायसँग सम्बन्धित कानुनी प्रावधानहरूबारे जानकारी गराउनुभयो। उहाँले संविधानको धारा २४ (छुवाछूतको अन्त्य० तथा भेदभाव तथा छुवाछूत कसुर र सजाय)ऐन, २०६८ को प्रावधानहरूबारे व्याख्या गर्नुभयो।
कानूनले अधिकार दिएको छ, तर अधिकार प्रयोग गर्न चेतना र आत्मविश्वास पनि चाहिन्छ। यो कार्यक्रम चेतना जगाउने माध्यम हो, अधिवक्ता सुनारले भन्नुभयो।
त्यस्तै, अर्का प्रशिक्षक प्राध्यापक जीवन परियारले ऐतिहासिक पृष्ठभूमिदेखि लिएर वर्तमानसम्मको सामाजिक संघर्षबारे जानकारी दिनुभयो।
भेदभाव र छुवाछूत अन्त्यको सवालमा सबै स्थानीय सरकारहरूको दायित्व रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “ संविधानमै गैरकानुनी घोषित भइसकेको छुवाछूत व्यवहार आज पनि समाजमा जीवित छ भने त्यो हाम्रो व्यवस्थापनको कमजोरी हो। यसलाई कानूनी मात्र होइन, सामाजिक चेतनाको माध्यमबाट अन्त्य गर्न जरुरी छ।”
कार्यक्रममा संस्थाका सल्लाहकार जुद्ध बहादुर बिक, नेपाली काँग्रेसका बाबुराम घिमिरे, नेकपा एमालेका सन्तबहादुर राना, र माओवादी केन्द्रका ग्यामलाल भुसाल, लगायतले बोल्दै जातीय विभेद अन्त्य गर्न सबै राजनीतिक दल, नागरिक समाज र समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा जनप्रतिनिधि तुल्सी चौधरी ,राम प्रसाद न्यौपाने, रेखा विस्वकर्मा ,देबि थारु लगाएतको उपस्तिथि रहेको थियो।
कार्यक्रममा दलित समुदायका सदस्यहरू, स्थानीय बासिन्दा, युवा तथा महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले दलित समुदायभित्र कानुनी चेतनाको सुदृढीकरण, सामाजिक समावेशिता र भेदभावविरुद्धको आवाज बुलन्द गर्न ठोस योगदान पुर्याएको छ।
कार्यक्रम मिलिजुली दलित समूह बुटवल–१७ को आयोजना, बुटवल उपमहानगरपालिका–१७ कार्यालयको सहयोग रहेको थियो।कार्यक्रम
संस्थाका उपाध्यक्ष कृष्ण नेपालीको स्वागत एवम फूलस सुनारको सहजिकरणमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्