बुटवल १५ मा ४२ घरजग्गाको पूर्जा वितरण

बुटवल १५ मा ४२ घरजग्गाको पूर्जा वितरण

बुटवल ,

बुटवल १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ ।

बिहीबार बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो ।

करीब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आएपनि पूर्जाविहिन रहेका ४२ घरजग्गाका धनीलाई बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपूर्जा वितरण गरे ।

लालपूर्जा वितरण गर्दै उनले बुटवलका अरु धेरै स्थानमा नापजाँच भएर पूर्जा दिन बाँकी रहेका सबैलाई छिटै नै पूर्जा दिने गरी प्रक्रिया अगाडि बढेको बताए । उनले अहिले पनि बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच भइरहेको र प्रक्रिया पूरा गरेका स्थानको पूर्जा दिने गरी काम अगाडि बढेको बताए ।

गाउँब्लकका जग्गाहरुको नापजाँच छुटेको भएमा वा कुनै समस्या रहेको भएमा बुटवल उपमहानगरपालिकाले सबै खर्च बेहोरेर नापजाँच गरेर पूर्जा दिने गरी अगाडि बढाउने प्रमुख पाण्डेयले बताए ।

उनले ६१ वर्ष अघिदेखि जमीन खरिद गरेर बसोबास गरेकालाई पूर्जा दिन पाउँदा खुशी लागेको र केही स्थानमा बसोबास र पूर्जाको विवरण फरक परेकोले त्यसको समेत सहजीकरण गरी पूनः नापजाँच गरी पूर्जाको त्रुटि सच्याउने गरी प्रक्रिया अगाडि बढाएको बताए ।

नापी कार्यालयसँगको सहकार्यमा सबै क्षेत्रका जमीनको पूर्जासम्बन्धी समस्याहरु समाधानका लागि अध्ययन भएको र छिटै नै काम अगाडि बढ्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पूर्जा प्राप्त गर्ने गरी प्रक्रिया पूरा भएकाहरुलाई लालपूर्जा वितरण गर्ने गरी काम भएको बताइन् । कार्यक्रममा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सुग्रिव यादव, वडा नम्बर १५ का अध्यक्ष शिव राना लगायतले बोल्दै बुटवल उपमहानगरपालिकाभित्र प्रक्रिया पूरा गरी पूर्जा वितरणका लागि तयार भएका जग्गाहरुको पूर्जा वितरणको काम अगाडि बढेको बताएका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij