प्रेस सेन्टर रुपन्देहीद्वारा समावेशी पत्रकारिता तथा क्षमता विकास तालिम शुरु

प्रेस सेन्टर रुपन्देहीद्वारा समावेशी पत्रकारिता तथा क्षमता विकास तालिम शुरु

बुटवल ,प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि बुटवलमा सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले पत्रकार समाजको ऐना भएकाले सत्यतथ्य समाचार र  विचारलाई प्रभावकारी ढंगले प्रस्तुत गर्नुपर्ने बताए । पाण्डेयले आफू  निर्वाचित भएर आएपछि बुटवल बासीको हितका लागि भौतिक पूर्वाधार तथा विकास निर्माणका कामहरुलाई अगाडि बढाएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बोल्दै पत्रकारले बुटवल उपमहानगरपालिकाका राम्रा कामको मात्रै प्रसंसा नगरी नकारात्मक भएमा त्यसको पनि सुझाव दिन आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्षद्वय रामप्रसाद आचार्य, मिना ढकाल, महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा  फोनिजका केन्द्रीय उपाध्यक्ष सरु राना, अग्रज पत्रकार मदनलाल पौडेललगायतले मन्तव्य राखेका थिए ।

तालिमको पहिलो दिनको सेशनमा समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष तथा पत्रकार विनोद परियारले मिडियामा दलितहरुको सवालका विषयमा सहजीकरण गरेका थिए ।  जेठ २५ गतेदेखि सुरु भएको तालिम २७ गतेसम्म सञ्चालन हुनेछ । प्रेस सेन्टर रुपन्देहीका उपाध्यक्ष माया केसीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सोनु थापाले गरेका थिए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij