कंगोको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु

कंगोको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु

उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगोको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका छन्।

उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए।

‘हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गरेका छौँ। अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्’, उनले एएफपीसँग भने।

उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए। डुङ्गाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो ।

प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई डुङ्गाले एक्कासी ठूलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए।

दुर्घटनाबारे अनुसन्धान शुरु गरेको उनीहरूले बताए। एमपुटुका अनुसार डुङ्गामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुङ्गामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij