बुटवल कृषि उपज थोकबजार केन्द्रमा उपमहानगरको अनुगमन तथा विषादी परीक्षण

बुटवल कृषि उपज थोकबजार केन्द्रमा उपमहानगरको अनुगमन तथा विषादी परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले मँगलबार बुटवलमा फलफूल तथा तरकारीको नमुना संकलन गरि विषादी परीक्षण गरेको छ । उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले बुटवल-६ स्थितल कृषि उपज थोक बजार केन्द्रमा विभिन्न फलफूल तथा तरकारीको १४ वटा नमुना संकलन गरि परीक्षणका लागि ल्यावमा पठाएको हो ।

 

उपप्रमुख अर्यालले पूर्वी नेपालमा विषादीयुक्त फलफूल तथा तरकारी भित्रिएको हल्लापछि बुटवलमा पनि यसको अवस्था बारे जानकारी लिने उद्देश्यले अनुगमन गरि नमुना परीक्षण गरिएको  जानकारी दिइन । उपमहानगर उपभोक्ताको स्वास्थ्यमा सचेत रहेको बताउँदै उनले गुणस्तरीय र उपभोगयोग्य खाद्यवस्तु मात्रै बजारमा विक्री गर्नु पर्ने कुरामा जोड दिइन । मँगलबार संकलन गरिएको नमूना परीक्षमा विषादीका मात्रा नभेटिएको बुटवल कृषि उपज थोक जबार केन्द्रका नायव प्राविधिक सहायक निदेश यादवले जानकारी दिए । बुटवलको थोक बजार केन्द्रमा हरेक दिन फलफूल तथा तरकारीको विषादी परीक्षण हुने गरेको जानकारी गराउँदै उनले मँगलबार उपमहानगरको अनुगमन टोलीसहित गरिएको नमुना संकलन र परीक्षमा पनि सामान्य नै भेटिएको जानकारी दिए ।

 

उपमहानगरका अनुगमन तथा मुल्याङ्कन शाखाका प्रमुख ठगिश्वर पोखरेल र प्राविधिक टोली, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी, बुटवल उद्योग वाणीज्य संघका प्रतिनिधि काशीराम पौडेल लगायतको सहभागिता रहेको थियो । बजार अनुगमनका क्रममा थोकबजार भित्र दर्ता नभएका पसलहरु सञ्चालनमा रहेका, थोक बजार केन्द्र सञ्चालन समितिले सरसफाई तथा व्यवस्थापनमा लापरवाही गरेका लगायतका गुनासाहरु आएको उपप्रमुख अर्यालले जानकारी दिइन् । नियमनका लागि सम्बन्धित वडा तथा समितिलाई सचेत गराइने उनले बताइन् ।

 

नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत फलफूल तथा तरकारी संकलन तथा विक्री वतरण हुने बुटवल कृषि उपज थोक बजार केन्द्रमा हरेक दिन कार्वामेट अन्तरगत पर्ने २ प्रकारका विषादी तथा अर्गेनो फास्टफेड अन्तरगत पर्ने ८ प्रकारका विषादीको नमुना परीक्षण गर्ने गरिन्छ । यसबाहेक फलफूल तथा तरकारीमा अन्य विषादी प्रयोग भएमा उक्त परीक्षणका लागि ल्याव सेवा उपलब्ध रहेको छैन ।

प्रकाशित मिति : मंगलबार, असार ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij