इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको नामावली सङ्कलन शुरू

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको नामावली सङ्कलन शुरू

काठमाण्डाै – सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली सङ्कलन शुरू गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले सूचना निकालेर स्वदेश फर्कन चाहनेहरूको नामावली सङ्कलन शुरू गरेको जानकारी गराएको हो ।

दूतावासले सामाजिक सञ्जालमा सूचनासहित नाम दर्ता गर्नका लागि अनलाइन फारामसमेत सार्वजनिक गरेको छ । इच्छुहरूले अनलाइनमार्फत नामसहितको विवरण दर्ता गरेपछि उद्धारको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।

इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा त्रास बढेको छ । सरकारी तथ्याङ्क अनुसार इजरायलमा झन्डै सात हजार जना नेपाली छन् । यस्तै इरानमा समेत १२ जना नेपाली रहेका तथ्याङ्क छ । अहिलेसम्म उनीहरू सुरक्षित रहेका दूतावासले जनाएको छ ।

दुई देशबीचको युद्ध चर्किँदै गएपछि अरू देशले पनि इरान र इजरायलबाट आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । चीनले आजदेखि इरानमा रहेका आफ्ना नागरिकको उद्धार शुरू गरेको छ । भारतले हिजैदेखि आफ्ना नागरिक फिर्ता ल्याउने काम थालिसकेको छ । यस्तै पाकिस्तानले पनि आफ्ना नागरिकलाई फिर्ता गरिरहेको छ ।

गएको शुक्रवार इजरायलले इरानमा आक्रमण शुरू गरेको हो । त्यसपछि इरानले पनि प्रत्याक्रमण गरिरहेकोमा इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले मङ्गलवार मध्यरात इजरायलविरुद्ध युद्धको औपचारिक घोषणा गर्नुभएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार इरानले पहिलो पटक इजरायलमा फतह मिसाइल प्रहार गरेको छ । फतह मिसाइल हाइपरसोनिक हो । यो आवाजको गतिभन्दा पाँच गुणा तीव्र उड्छ ।

यसैबीच अमेरिकाको ह्युमन राइट्स ग्रुपले इजरायलको आक्रमणमा परी इरानमा अहिलेसम्म ५ सय ८५ जनाको ज्यान गएको दाबी गरेको छ । इजरायलमा इरानको आक्रमणमा परी २४ जना मारिएका छन् ।

 

अन्तिम अपडेट: असार ४, २०८२

प्रकाशित मिति : बुधबार, असार ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij