बुटवलमा डेंंगी राेग राेकथाम सम्बन्धि अभिमुखिकरण

बुटवलमा डेंंगी राेग राेकथाम सम्बन्धि अभिमुखिकरण

खाेज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्नेमा जाेड
बुटवल
भाैगाेलिक बनाेट तथा डेंगी अनुकूलको वातावरणका कारण बुटवलमा प्रायःजसो डेंगीकाे प्रकाेप देखिनसक्ने भन्दै सम्भावित क्षेत्रमा खाेज र नष्ट गर अभियान चलाउनुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

बुटवल उपमहानगरपालिकाद्वारा आइतबार आयोजित डेंंगी राेग राेकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले नदि किनार तथा जंगलकाे नजिक रहेको बुटवल डेंगीकाे बृद्वि विकास अनुकूल रहेको बताए ।

ओसिलाे ठाउँमा डेंगीकाे लार्भा रहनसक्ने ६ महिनासम्म पनि जिवित रहनसक्ने भन्दै उनलेे सम्भावित स्थानमा खाेज र नष्ट गर अभियान चलाउनुपर्नेमा जाेड दिए ।

जंगल तथा नदि किनारका ओसिलाे र खाल्डाखुल्डीमा पनि डेंगीकाे लार्भा रहनसक्ने भएकोले त्यस्ता ठाउँमा जलेको माेबिल र मट्टीतेल खन्याएर डेंगी फैलन राेकथाम गर्न सकिने स्वास्थ्य शाखा प्रमुख पाण्डेयले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मिनप्रसाद खनालले डेंगी राेगबाट बच्ने खाेप हालसम्म नबनेकोले यसबाट जाेगिनुकाे विकल्प नभएको बताए ।

पछिल्लो ५० बर्षमा विश्वभर डेंगीकाे संक्रमण ३० गुणाले बृद्वि हुँदै गएको तथ्यांक प्रस्तुत गर्दै उनलेे बिगतमा तराई मधेसमा मात्रै देखा परेको यो राेग पहाडी क्षेत्रमा पनि फैलिएकोले आवश्यक सतर्कता अपनाउन जरुरी रहेकोमा जाेड दिए ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकै अर्की जनस्वास्थ्य अधिकृत कल्पना भुसालले यसको अण्डा पानी बिना पनि ओसिलाे ठाउँमा लामो समयसम्म जिवित रहन सक्ने भन्दै हप्ताको एक दिन आफ्नो टोल वरपर सरसफाइ गरेमा पनि संक्रमण राेकथाम हुने बताइन् ।

सफा पानीमा यसको छिटो बृत्ति विकास हुने भन्दै उनलेे खाेज र नष्ट गर अभियाननै यसबाट बच्ने मुख्य उपाय भएको जानकारी गराइन् ।

कार्यक्रममा विद्यार्थी,आमा समुह,पत्रकारलगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, असार ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij