तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण

तिलोत्तमा,  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाउ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई वितरण गरिएको हो ।

व्यवसायिक कृषि गर्दै आएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषकलाई आवेदनको आधारमा कृषि औजार वितरण गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरपालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठ सफाई गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो । उहाँले आगामी बजेटमा समेत कृषक तथा पशुपालकका लागि उपयोगी कार्यक्रमहरु लिएर आउने समेत बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई थप प्रोत्साहित गर्ने हुँदा नगरपालिकाले यस्ता कार्यक्रमलाई विशेष जोड दिएको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ५ का सदस्य हिरा गिरी डायमण्ड, पशु शाखाका प्रमुख राजु कुँवर मगर, पशु चिकित्सक ईन्द्रकला खत्री लगायत सबै वडाका पशुपालक कृषकहरुको उपस्थिति थियाे ।

प्रकाशित मिति : आइतबार, असार ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij