तिलोत्तमामा कृषक सेवा कार्ड वितरण सुरु

तिलोत्तमामा कृषक सेवा कार्ड वितरण सुरु

तिलोत्तमा , रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानहरुलाई कृषक सेवा कार्ड वितरण सुरु गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमा आधारित व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि तिलोत्तमा नगरपालिका–१४ स्थित टिकुलीगढमा कार्ड वितरण सुरु गरिएको हो ।

कृषि क्षेत्रको प्रबद्र्धन गर्न सो कार्ड वितरण गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरपालिकाका ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक मल, बिउबिजन, सिंचाई र अनुदानका लागि कृषक सेवा कार्डले ठुलो योगदान दिने उहाँले जिकिर गर्नुभयो । कृषकका पसिनाले आर्जेको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले ठूलो योजना बनाएको बताउंदै उहाँले कृषि क्षेत्रमा लगानी गर्नको लागि नयाँ पुस्तालाई अग्रसर गराउनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा (१४ का अध्यक्ष अश्विन पौडेलले किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीउ, मल, किटनाशक औषधी लगायतका सामानहरु सहुलियतमा नजिकको पसलबाट खरिद गर्न र अनुदान प्राप्त गर्न समेत सहज हुने बताउनुभयो ।

कार्यक्रमको सुरुवात गर्दै पहिलो चरणमा १९ जना कृषकलाई सो कार्ड वितरण गरिएको थियो । कार्यक्रममा वडा सदस्य भुपाल सिंह छन्तेल, विष्णुमाया पुन, सन्तवीर चौधरी, कृषि शाखा प्रमुख दोमलाल भुसाल, कृषि अधिकृत राम प्रसाद खनाल, सौरभ बस्ताकोटी, वडा सचिव तेजेन्द्र बस्नेत, कृषि प्राविधिक अस्मिता ज्ञवाली, बिन्दु रायमाझी लगायत कृषकहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : सोमबार, असार ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij