बुटवल बजार गुल्जार बनाउने योजना निजी क्षेत्रबाट आए बजेटको कमि हुन नदिने प्रतिवद्वता

बुटवल बजार गुल्जार बनाउने योजना निजी क्षेत्रबाट आए बजेटको कमि हुन नदिने प्रतिवद्वता

 

बुटवल,

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल बजार गुल्जार बनाउने योजनाकाे नेतृत्व लिन यस क्षेत्रका ब्यवसायीक संघ संस्थालाई आग्रह गरेका छन् ।

 

के कस्ता योजना ल्याउदा बुटवलको बजार गुल्जार हुन्छ भन्ने बिषयमा छलफल तथा अध्ययन गरेर योजना बनाउन आग्रह गर्दै उनलेे बुटवल बजार थप गुल्जार बनाउन यस क्षेत्रका ब्यवसायीक संघ संस्थाहरूले ल्याएका योजनालाई आवश्यक बजेट उपमहानगरपालिकाले ब्यवस्थापन गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

 

प्रगतिशील पत्रकार संघ रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा बिहीबार बुटवलमा आयोजित विकासमा मिडियाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवल बजार गुल्जार बनाउन सन्ध्याकालिन तथा रात्रिकालिन बजार सञ्चालन गर्ने योजना अगाडि बढेको जानकारी गराउदै त्यस बाहेकका कुनै योजना भए ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

 

माेतिपुर औद्याेगिक करिडोर र सेमलारमा देशकै ठूलो कृषि उपज थाेक बजार केन्द्र सञ्चालन नभएसम्म बुटवलको बजार थप गुल्जार हुन नसक्ने भन्दै उनलेे ती संरचना निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताए ।

 

बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले विकास पत्रकारिता गर्ने पत्रकारहरूले योजनाको आवश्यकता,औचित्यता र पारदर्शिता बारे बिष्लेषणसहितका समाचार प्रकाशन प्रसारण गर्नुपर्नेमा जाेड दिए ।

 

सामान्य औपचारिकता एवं सत्ता र शक्तिसँगकाे निकटताकाे आधारमा गरिने पत्रकारिताले समाजलाई दिशानिर्देश गर्न नसक्ने भन्दै उनलेे योजनाको प्रतिफलकाे बारेमा बिश्लेषणसहित यथार्थपरक समाचार अहिलेकाे आवश्यकता भएको बताए ।

 

प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पाेखरेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लिला बहादुर केसीले विकासमा पत्रकारिताको भुमिका बिषयक अवधारणापत्र प्रस्तुत गर्दै समयको परिवर्तनसँगै समाजले फरक किसिमको पत्रकारिताकाे अपेक्षा गरेकोले साेही अनुसारकाे पत्रकारिता अहिलेकाे आवश्यकता भएको बताए ।

 

कार्यक्रममा उद्योग ब्यापार संघका पुर्ब केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा पाैडेल,राष्ट्रिय जनमाेर्चा जिल्ला अध्यक्ष टानबहादुर केसी,

अग्रज पत्रकार डा बालकृष्ण चापागाईं,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य,महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे,पुर्ब अध्यक्ष रामराज पाेखरेल,बुद्ध टेलिभिजनका उपाध्यक्ष गाेपाल ज्ञवाली,हाेटल ब्यवसायी माधव नेपाल,प्रगतिशील पत्रकार संघ रूपन्देहीका अध्यक्ष बिरेन्द्र कुँवर,सदस्य शंकरप्रसाद पाेखरेललगायतले विकास निर्माणमा पत्रकारको भुमिका बारे आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : बिहिबार, असार १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij