पाल्पा प्रहरीद्धारा कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

पाल्पा प्रहरीद्धारा कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

 

पाल्पा -कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला–१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी २१ वर्षदेखि फरार रहेका साविक सिलुवा गा.वि.स. वडा नं. ९ हाल पूर्वखोला–१ गुनडाँडा बस्ने ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।  सार्कीलाई नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी सहायक निरीक्षक राज कुमार विक नेतृत्व टोलीले सार्कीलाई बिहिबार बिहान ४ बजे बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको जमुनाहा स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए । २०६१ असार १९ गते अन्दाजी साँझ ६ः३० बजेको समयमा पाल्पा, साविक सिलुवा(९ हाल पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडाकी ५५ वर्षिया चिनीसरा सार्कीको हत्या गरि पूर्णबहादुर फरार रहेको डीएसपी मल्लले बताए । सार्कीमाथी मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij