बुटवलमा बुधबार रोजगार मेला लाग्दै, चार हजार कढी सहभागी हुने अपेक्षा

बुटवलमा बुधबार रोजगार मेला लाग्दै, चार हजार कढी सहभागी हुने अपेक्षा

 

बुटवल

बुटवल उपमहानगरपालिकाकाे आयोजनामा भाेली बुधबार बुटवलमा रोजगार मेला हुने भएको छ ।

राेजगारीकाे खाेजिमा रहेका बेरोजगारलाई रोजगार बनाउन तथा कामदारको आवश्यकता रहेका राेजगारदाता कम्पनी तथा प्रतिष्ठानहरूलाई कामदारको आवश्यकता पुर्ती गराउन मद्दत गर्ने उद्वेश्यले रोजगार मेला आयोजना गरिएकाे बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी रोजगार मेलाकाे तयारी बारे जानकारी गराएको हो ।

एक दिने रोजगार मेला बुटवलको कालिकारनगरस्थित दियालाे फुडल्यान्डमा बिहान १० बजेदेखि सांझ ५ बजेसम्म सञ्चालन हुने बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए ।

पालिकामा रोजगारीका अवसरहरु सिर्जना गरी आर्थिक समृद्धिलाई बढावा दिनका लागि विगत वर्षदेखि बुटवलमा रोजगार मेला आयोजना गरिएको प्रवक्ता रानाले बताए ।

 

बुटवल उपमहानगरपालिकाले लिएकाे लक्ष्य प्राप्त गर्न मानवीय विकासले महत्वपूर्ण भूमिका खेल्ने भएकाले रोजगार मेलाका साथै अन्य बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको प्रवक्ता रानाले बताए । रोजगार मेलाले विभिन्न क्षेत्रका रोजगारदाता, आवश्यक जनशक्तिका बारेमा अभिलेखिकरण हुने, सीप र परामर्श समेतको अवसरबाट युवा बेरोजगारीलाई कम गर्न मद्दत पुग्ने विश्वास लिइएको उनलेे बताए ।

 

समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर“ को सपनालाई साकार पार्न र पालिकामा रोजगार, अवसर खोजिरहेका युवाहरु, सेवा प्रदायक एवं रोजगारदाता, तालिम प्रदायक संस्थाहरुलाई एउटै स्थानमा ल्याएर उद्योग, व्यवसाय, पर्यटन, होटल, प्रविधि, कृषि, सेवा, उत्पादन लगायतका क्षेत्रका अवसर तथा सूचना, सीप परामर्श दिनका लागि मेला आयोजना गरिएको बुटवल उपमहानगरपालिका राेजगार शाखाका प्रमुख अरबिन्द पाण्डेयले जानकारी गराए ।

 

रोजगार प्रदायक संस्था, तालिमप्रदायक संस्थाहरु र दक्ष, अर्ध दक्ष युवाको तथ्याकं संकलन गरी बुटवल रोजगार पोर्टलमा समावेश गरिने उनलेे बताए ।

 

वृत्ति विकाससम्बन्धी परामर्श सेवा प्रदान गर्नुका साथै राेजगार मेलामा सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमका अवसरबारे जानकारी गराईने बुटवल उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिइन् ।

 

रोजगार खोज्ने युवाहरु र रोजगारदाता बीच प्रत्यक्ष सम्पर्क गराई रोजगारका अवसर तथा सूचना सम्प्रेषण गर्ने निःशुल्क सञ्चालन हुने सीपमूलक तालीमहरु सम्बन्धी विज्ञहरुबाट जानकारी गराइने कार्यक्रम रहेको उनलेे बताइन् ।

 

अध्ययन पश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योग धन्दा खोल्नु भन्दा दक्ष जनशक्ति पलायन हुने क्रम बढिरहेका बेला आयोजना गरिएको रोजगार मेलाले युवा शक्तिलाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न मद्वत पुग्ने बुटवल उपमहानगरपालिकाकाे विश्वास छ ।

 

स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलव्ध गराउने अभिप्रायले बुटवलमा बुटवल रामेजगार मेला आयोजना गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । रोजगार मेलामा ४ हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको नगर प्रमुख पाण्डेयले बताए ।

 

रोजगार मेलाबाट उधोग तथा व्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउने र बेरोजगार युवाहरुले स्थानीयस्तरमा रहेको उद्योग तथा व्यवसायहरुसंग उपलव्ध विभिन्न रोजगारीका अवसर थाहा पाउने अवसर मिल्ने उपप्रमुख सावित्रा देवी अर्यालले बताइन् ।

 

यसअघि गत वर्ष आयोजना गरिएको बुटवल रोजगार मेला मार्फत ३८ जना युवाले रोजगारी प्राप्त गर्न सफल भएको र यस बर्ष सयौंको संख्यामा राेजगारी प्राप्त गर्ने विश्वास लिइएको नगर प्रवक्ता रानाले बताए ।

प्रकाशित मिति : मंगलबार, असार १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij