आजको मौसम

आजको मौसम

काठमाण्डौ – राति सिन्धुपाल्चोक, नुवाकोट र बझाङमा ठूलो पानी परेको छ । सिन्धुपाल्चोकको मानेखर्क, गोब्रे, नुरपु गाउँ र आसपासका क्षेत्रमा भएको वर्षाका कारण मेलम्ची नदीमा जलसतह केही बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै नुवाकोटको त्रिशूली नदी बेत्रावतीमा जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

बझाङको बउलीगाड नदी आसपासमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मनाङ, रुपन्देही, पर्वत, धादिङ, बाजुरा, बैतडीलगायतका ठाउँमा पनि अहिले पानी परेको छ ।

आज दिउँसो र राति पनि धेरै ठाउँमा पानी पर्ने र मधेशबाहेकका अरू प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : बिहिबार, असार १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij