युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) अमेरिकासँग चलिरहेको कर विवाद समाधानका लागि सम्झौताका लागि तयार’ रहेको बताउनुभएको छ । उहाँले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
भोन डेर लेयेनले आरहुसको भ्रमणका क्रममा यस्तो बताउनुभएको हो । सम्झौताका लागि जुलाई ९ तारिखसम्मको समयसीमा रहेको भन्दै उहाँले ईयू र अमेरिकाबीचको व्यापार १ दशमलव ५ ट्रिलियन युरो रहेको बताउनुभयो ।
उहाँले वार्ता असफल भएमा ईयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि चेतावनी दिनुभएको छ । तर आफूहरुले वार्ताबाट समाधान चाहेकोमा उहाँको जोड छ । अहिले अमेरिकाले ईयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्