रुपन्देही -सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले शुक्रबार रुपन्देहीका विभिन्न स्थानमा बृहत मोटरसाइकल ¥याली विरोध सभा तथा अनुगमन गरेका छन् । रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा सिद्धार्थनगर बाट सुरु भएको मोटरसाइकल ¥याली लुम्बिनी ,कञ्चन ,सैनामैना हुँदै सुद्धोधनमा आएर समापन भएको थियो ।
विरोधसभामा रुपन्देही सुनचाँदी व्यवसायी संघका सल्लाहाकार प्रेम सेन्चुरीले सम्बोधन गर्दै सरकारको यो निर्णयले व्यवसायीलाई मात्र होइन, उपभोक्तालाई समेत असर गर्ने बताउनुभयो। उहाँले सुनमा ६ प्रतिशत भन्सार दर कायम गर्न, सुनचाँदी क्षेत्रमा स्पष्ट र व्यवहारिक नीति नियमावली निर्माण गर्न र नयाँ कर नीति तुरुन्त खारेज गर्न माग गर्नुभयो।
त्यस्तै निवर्तमान अध्यक्ष रामकिसन विश्वकर्माले बजेटले गरेको विलासी करको व्यवस्था अव्यवहारिक रहेको बताउनुभयो ।उहाँले सुन धर्म, संस्कृति, रीतिरिवाज संग जाडिएको र उपभोक्ताहरूले बचत तथा लगानीको रूपमा पनि लिने भएकोले यसलाई विलासिता भन्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा सुनचाँदी व्यवसायी संघलुम्बिनी प्रदेश सदस्य प्रकाशमणी विश्वकर्मा, रुपन्ेदही सुनचाँदी व्यवसायीसंघ उपाध्यक्ष तिलक सुनार,संघ सचिव भुवन बराल ,सह कोषाध्यक्ष जीवन गहतराज,सुद्धोधन वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष सोमा कुमारी आले,कञ्चन गाँउपालिका अध्यक्ष टिकाराम सापकोटा,सिद्धार्थनगर अध्यक्ष राजन रसाइली, तिलोत्तमा अध्यक्ष कृष्ण रसाइली,सैनामैना अध्यक्ष निर्मल विश्वकर्मा, सुद्धोदन अध्यक्ष मनिराम सुनार, देबदह नगर अध्यक्ष इन्द्र बहादुर सुनार ,लुम्बिनी अध्यक्ष वृजेश बर्मा, कञ्चन अध्यक्ष मोहन सेन्चुरी ,लगायतले बोल्दै बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्न र सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो ।

कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजना र शिद्धार्थनगर, तिलोत्तमा, देवदह, सुदोधन, सैनामैना, कञ्चन, लुम्बिनी सांस्कृतिक सुनचाँदी व्यवसायी संघको सहआयोजनामा भएको हो ।कार्यक्रम संघ उपाध्यक्ष मनोज सेन्चुरीको संयोजन र महासचिव दिपक कौशलको सञ्चालनमा सम्पन्न भएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुकोरुपमा कर लगाएपछि व्यवसायीहरूले करसम्बन्धी त्यस्ता व्यवस्थाहरू खारेज गर्नुपर्ने माग गरेका छन्। सुनचाँदी कारोबारको लागि प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्नेलगायत व्यवसायीको माग छ।नेपाली समाजको एक संस्कार र संस्कृति बनिसकेको सुनलाई मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २५४ ले समेत नगद सरहको सम्पत्तिको मान्यता दिएको भन्दै व्यवसायीहरूले यस्तो माग गर्दै विरोधका कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित मिति : शुक्रबार, असार २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्