बुटवल, २१ असार । ‘सम्पूर्ण परियारहरु एकजुट हौं’ भन्ने नाराका साथ स्थापित परियार सेवा समाज रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा समाजको भवन सुन्दरनगरमा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर परियारले जानकारी दिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा सदस्य तारा गहतराजले वडाको तर्फबाट संस्थालाई आवश्यक सहयोग गर्दै आएको बताईन् । उनले रक्तदान जस्तो महत्वपूर्ण कार्य गरी मानवसेवामा समर्पित भएकोमा समाजलाई धन्यवाद व्यक्त गर्दै निरन्तर सामाजिक कार्यमा लाग्न सुझाव दिइन् । परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले परियार समुदायको उत्थान र विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए । उनले समाजले रक्तदान, स्वास्थ्य शिविरलगायतका सामाजिक कार्यहरू गर्दै आएको बताए । समाजका सल्लाहकार राम कुमार रणपालले एक थोपा रगतले मानिसको ज्यान बच्ने भएकोले यो महान कार्यमा सबैको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई रगतदान गर्न आग्रह गरे । नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्य जानकी नेपालले रक्तदान नगर्दा सम्म जीवन बचाउन नसकिने भएकोले सबैलाई नियमित रक्तदान गर्न आग्रह गरिन् । कार्यक्रममा वडा सदस्य चिनु श्रेष्ठ, संस्थाका सल्लाहकार जंग बहादुर बुढाप्रिती फेडो रुपन्देही अध्यक्ष मनु खड्का, समाजका उपाध्यक्ष शान्ता रणपाल, समाजका सचिव कमल छिनाल, सहसचिव संजित बुढापृथी, प्राध्यापक जीवन परियारलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : शनिबार, असार २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्