बृहत वृक्षारोपण सप्ताह अन्तर्गत तिलोत्तमा तीनमा वृक्षारोपण कार्यक्रम

बृहत वृक्षारोपण सप्ताह अन्तर्गत तिलोत्तमा तीनमा वृक्षारोपण कार्यक्रम

तिलोत्तमा, तिलोत्तमा नगरपालिकाले अघि सारेको हरियाली प्रवर्धन एवम् नियमित सरसफाइ अभियान अन्तर्गत आज तिलोत्तमा वडा नं तीनमा वृक्षारोपण गरिएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं तीन को शान्तिकुन्ज देखि सीताराइसमिल सम्मको मुख्य सडकको बीचमा रहेको डिभाइडरमा रहेको खाली स्थानमा बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले हरियाली सहितका सफा र चौडा सडकमा राखिएका बुद्धका मूर्तिसँगै तिलोत्तमा शान्त र सुन्दर देखिएको भन्दै‘तिलोत्तमालाई वातावरणमैत्री बनाउने चरणमा हामीले पनि अझै धेरै गर्नुपर्ने छ,’ उहाँ बताउनुहुन्छ,‘सफाइलाई कुनै दिन र उत्सवभन्दा पनि जीवन पद्धति बनाएपछि मात्र साँचो अर्थमा सहर सफा हुन्छ।’

तिलोत्तमा नगरपालिकामा सरसफाई र हरियाली प्रबर्द्धनमा स्थानीयको उत्तिकै साथ रहेको छ। जसका कारण मूल सडकसँगै भित्री सडक पनि सफा र सुन्दर देखिएका छन्।

वृहत वृक्षारोपण सप्ताह मनाउने क्रममा साउन १ गते देखि नगरका विभिन्न स्थानमा बृक्षारोपण गरिएको हो।

कार्यक्रममा तिलोत्तमा वडा नं तीनका वडाध्यक्ष कल्याण प्रसाद पौडेल, वडा नं २ का वडाध्यक्ष डिल बहादुर भट्टराई जनप्रतिनिधिहरु , आमासमूहका प्रतिनिधि टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि स्थानीय वासिन्दा सहितको उपस्थितिमा वृक्षारोपण गरिएको थियो।

हडक डिभाइडरमा लगाएका बिरुवा मरेको र खाली भएको स्थानमा आज करिब पचास वटा बेगनबेलीका बिरुवा रोपिएको तिलोत्तमा वडा नं तीनका सचिव गोकुल गिरीले जानकारी दिनुभएको छ।

वृक्षारोपण कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : शनिबार, साउन ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij