रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका ५ नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा गत निर्वाचन २०७९ मा उठेका उम्मेदवारलाई प्राथमिकता दिन सुझाएका छन् ।

मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महतले २०७९ को निर्वाचनमा उम्मेदवार भएका बालकृष्ण खाणलाई उम्मेदवार बनाउन सुझाएका हुन् । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए ।

उक्त भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले पुरानै उम्मेदवार उठाएर जसरी भए पनि जित्ने तरिकाले लाग्न सुझाइएको जानकारी दिए । ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौँ,’ पूर्वउपसभापति श्रेष्ठले भने ।’ जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔँला भन्ने जवाफ दिएका जानकारी श्रेष्ठले दिए ।

०७९ मा भएको निर्वाचनमा खाण राप्रपा नेता दीपक बोहोरासँग यसै निर्वाचन क्षेत्रमा पराजित भएका थिए । बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो

प्रकाशित मिति : मंगलबार, साउन ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij