प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा डीप बोरिङु जडान गरिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा डीप बोरिङु जडान गरिने घोषणा

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा डीप बोरिङु जडान गरिने घोषणा गर्नुभएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेश प्रदेशमा तत्कालै पाँच सय वटा डीप बोरिङ जडान गरिने बताउनुभयो ।

हेलिकप्टरमार्फत तराई–मधेशको अवलोकन गर्नुभएका प्रधानमन्त्रीले धेरै जमिन सुक्खा देखिएको भन्दै मधेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार पक्षसँग छलफल तथा समन्वय गरी जतिसक्दो छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले मधेश प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको तर बाँकी सात वटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रूपमा प्रभावितलाई विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : शुक्रबार, साउन ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij