JanataToday.com

Advertisment

SKIP THIS

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाका योजनाहरुको स्थलगत अनुगमन

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाका योजनाहरुको स्थलगत अनुगमन

बुटवल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाख पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गर्नुभएको छ । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुग्नुभएको हो ।

उहाँले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडक तथा वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधिन १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गर्नुभएको छ । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व। गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराउनुभएको थियो । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गर्नुभएको थियो । उहाँले अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो । सो क्रममा स्थानीय २०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गर्नुभयो ।

अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरी र तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले यो अस्पताल सिंगो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा अर्थमन्त्री पौडेलले अस्पताल निर्माणसम्पन्न गर्न सरकारले यथासक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गर्नुभयो ।

त्यस्तै अर्थमन्त्री पौडेलले पश्चिम पहुनी माध्यमिक विद्यालय, मोक्षधामको समेत अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । त्यस्तै उहाँले कुन्जलापुरमा रहेका दुईवटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने ३ करोड लागतको सडक र गोरकट्टादेखि गणेशपुर जाने ३ करोड लागतको कुलोको समेत अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । अर्थमन्त्री पौडेलले कुन्जपार्कको पनि शुक्रबार अवलोकन गर्नुभएको छ ।

शुक्रबार वडा नम्बर ३, ४ र ६ अन्तर्गत सञ्चालित नयाँ र चालु योजनाहरुको अवलोकन गर्ने भनिए पनि समय अभावका कारण वडा नम्बर ६ मा सञ्चालित योजनाहरुको मात्रै पौडेलले अवलोकन गर्नुभएको हो ।

 

 

प्रकाशित मिति : शनिबार, साउन १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij