लुम्बिनी प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण छ : मुख्य मन्त्री आचार्य

लुम्बिनी प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण छ : मुख्य मन्त्री आचार्य

नवलपरासी ,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको बताएका छन्।

बर्दघाट सुस्ता पश्चिम नवलपरासीको सुनवल नगरपालिका १० खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सवलाई आज सम्बोधन गर्दै उनले यहाँका धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्पष्ट दृष्टिकोण बनाएको बताए।

मुख्यमन्त्री आचार्यले भने, “यो भूमि आफैँमा पवित्र छ। तपोभूमि हो। संसारमा अन्यत्र नपाइने सालिग्राम यही कालीगण्डकी नदीमा पाइन्छ। यस्तो अद्वितीय धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थललाई विश्वसामु चिनाउने सम्भावना लुम्बिनी प्रदेशमा छ।”

उनले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलसहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै भने,, “धार्मिक तथा प्राकृतिक रूपमा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौँ।”

उनले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नो आम्दानीको १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्नसमेत आह्वान गरे।

“ऋण खोजेर दान गर्ने होइन, तर कमाइको केही हिस्सा समाजसेवामा खर्च गर्न जरुरी छ”, उनले भने।

प्रकाशित मिति : शनिबार, साउन १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij