बुटवल , रुपन्देहीका विभिन्न ठाउँबाट शुक्रबार प्रहरीले साढे ३ लाख बढीका अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका विभिन्न ठाउँबाट ३ लाख ६८ हजार ६ सय मूल्य बराबरका अवैध सामग्री बरामद गरिएको हो ।
बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेका सामग्री बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं।१ दरखस्वाबाट यूपी ५८ सी ८६१२ नम्बरको मोटरसाइकलसहित अन्दाजी १ लाख ६३ हजार ६ सयी रुपैँया पर्ने १०३ जोर फुटबल जुत्ता बरामद भएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाँउपालिका वडा नं। ३ र ५ बाट झुल ११ थान, लेडिज सुरुवाल ४४ थान, मेक्सी २४ थान, तन्ना ११ थान, पर्दा १२ थान, लेडिज टिसर्ट ११ थान र किराना सामानहरु गरी ८३ हजार ८ सय मूल्य बराबरको सामग्री बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं।१ बेलहिया बाइपासबाट साडी ५० थान, सुट २२ थान, दुपट्टा ७ थान र चिनी ३ बोरा गरी १ लाख २ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।
प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। १ आमापुलबाट स्प्राईट, डिउ लगायत पेय पदार्थ, बच्चाका खेलौना, कराउ ३० केजी लगायत गरी १९ हजार २ सय मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ ।
प्रकाशित मिति : शनिबार, साउन १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्