अनलाइन मिडियाको दर्ता तथा नवीकरण अब सीडीओ कार्यालयबाट

अनलाइन मिडियाको दर्ता तथा नवीकरण अब सीडीओ कार्यालयबाट

सूचना तथा प्रसारण विभागमा अनलाइन मिडियाको दर्ता र नवीकरण बन्द गरेको छ।

अबदेखि जिल्ला प्रशासन कार्यालयबाट दर्ता नवीकरण हुने सूचना विभागले जनाएको छ।

मंगलबार सूचना प्रकाशित गरी विभागले नेपाल राजपत्रको खण्ड ७५ अतिरिक्ताङ्ग २१ भाग २ मिति २०८२र०४र१४ मा प्रकाशित सूचना उदृत गर्दै यस्तो जानकारी दिएको हो।

‘अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चार माध्यम दर्ता गर्नका लागि तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ’ सूचनामा भनिएको छ।

यस्तै, ‘स्थानीय अधिकारीले आवश्यक जाचँबुझ गरी दर्ता गर्न उपयुक्त देखिएको अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्ने’ उल्लेख गरिएको छ।

विभागले ‘राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदैआएको अनलाइन सञ्चारमाध्यम ९अनलाइन पत्रिका० दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएको’ जनाएको छ।

प्रकाशित मिति : बुधबार, साउन २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij