अर्घाखाँची, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ मा सुन्तलाका दाना झर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
केराउको दाना जत्रा हुँदादेखि नै शुरू भएको सुन्तलाको दाना झर्ने क्रम अझै नरोकिएको स्थानीय अगुवा किसान निमानन्द भुसालले बताउनुभयो । आफ्नो बगैँचामा रहेका ३ सयभन्दा धेरै सुन्तलाका बोटमा लटरम्म दाना लागेकोमा झन्डै आधा दाना झरिसकेका उहाँको भनाइ छ ।
मालारानी गाउँपालिका वडा नम्वर २ का किसान अन्न खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । ढुसीको समस्याका कारण सुन्तलाको दाना झर्ने क्रम चलिरहेको पाइएको कृषि ज्ञान केन्द्रका प्राविधिक शारदा आचार्यले बताउनुभयो ।
समस्या बढ्दै गएपछि ज्ञान केन्द्रका प्राविधिकहरूले अनुगमन गरेका हुन् । नमूना परीक्षणका लागि पठाएको र प्रतिवेदन आएपछि कारण प्रष्ट हुने आचार्यले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, साउन २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्