मानव बेचबिखनविरुद्ध प्रतिवेदन तयारीका लागि तिलोत्तमामा परामर्श, जनप्रतिनिधि सचेत हुनुपर्नेमा जोड

मानव बेचबिखनविरुद्ध प्रतिवेदन तयारीका लागि तिलोत्तमामा परामर्श, जनप्रतिनिधि सचेत हुनुपर्नेमा जोड

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमामा सम्पन्न मानव बेचबिखनविरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श कार्यक्रममा जनप्रतिनिधि स्वयं सचेत र प्रतिबद्ध भएर दीर्घकालीन समाधानका योजना ल्याउनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मानव बेचबिखन जस्तो संवेदनशील अपराध रोकथामका लागि जनप्रतिनिधि स्वयं सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। उनले कतिपय अवस्थामा राजनीतिक संरक्षण र जनप्रतिनिधिकै संलग्नताले यस्ता आपराधिक गतिविधि बढावा पाएको हुनसक्ने भन्दै सचेत नागरिकहरूले निरन्तर निगरानी गर्नुपर्ने बताए।

“कतिपय अवस्थामा राजनीतिक संरक्षण र जनप्रतिनिधिकै संलग्नताका कारण यस्ता आपराधिक क्रियाकलापले बढावा पाएका छन् कि छैनन्, यसको निगरानी गर्ने जिम्मा नागरिकको हो। सचेत नागरिकहरूले राज्य र जनप्रतिनिधिलाई निरन्तर घचघच्याउनुपर्छ,” मन्त्री तिमिल्सिनाले भने।

उनले लुम्बिनी प्रदेशमा धेरैजसो नाका खुला रहनु सुरक्षा चुनौतीको प्रमुख कारण भएको उल्लेख गर्दै बेचिएका नागरिकलाई उद्धार गरी आत्मनिर्भर बनाउन दीर्घकालीन योजना ल्याउन आवश्यक रहेको बताए। “मानवरक्षा र मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा प्रदेशस्तरीय समन्वयमा म प्रतिबद्ध छु,” उनले थपे।

राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त डा. लिली थापाले कार्यसमिक्षा नगर्ने प्रवृत्ति र सरकारी गुमनामपनका कारण समस्या गहिरिँदो रहेको बताइन्।
“यदि तत्काल ठोस कदम चालिएन भने केही वर्षपछि नेपाल मानव बेचबिखन गर्ने देशको रूपमा दर्ज हुने खतरा छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिगार्न सक्छ,” उनले चेतावनी दिँदै भनिन्, “यस्ता अपराध रोक्न दीर्घकालीन आर्थिक योजना ल्याएर तीनै तहका सरकार गम्भीरतापूर्वक लाग्नुपर्छ।”रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोपराज शर्माले लुम्बिनी प्रदेशको आर्थिक हबका रूपमा विकसित रुपन्देहीमा जनसंख्या चाप, आवतजावत र खुला सीमाका कारण मानवअधिकार संरक्षणमा थप चुनौती रहेको उल्लेख गरे।राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीका अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा सक्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा समूहगत छलफलमार्फत राष्ट्रिय प्रतिवेदन तयारीका लागि सुझाव संकलन गरिएको थियो।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij