काठमाण्डौ, भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ ।
बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ ।
बाढीमा अहिलेसम्म १ सय जना भन्दा बढी घाइते भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ ।
हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि अचानक बाढी आएको थियोे ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्