एउटा ममताको भांडोबाट
एक टुक्रा टालोमा बेरीएर
निचोरिदैं शुरु भएको ऊ
तातो कराहीमा छट्पटाउदैं, रन्थनिंदै ,
उकासिंदै , तैरिंदै ,
अनेक फूलबुट्टामा सजिएर
सजिएको छ।
आहा १
मुखै रसाउने रसिलो जलेवी नखाने कमै होलान्।
यस्तो,उस्तो,त्यस्तो , कस्तो अनेक
बहानाका चाहनाका बुट्टा भर्दै
चौरस्तामा सबैको मन लोभ्याएको छ ।
जुन दिन,
जुन दिन ममताको भांडोबाट
टालोमा पदार्पण भयो ,
उसै दिन देखी,
उसले कसैको प्यास मेटाएको छ ,
कसैको प्यास बढाएको छ,
कसैको रहर मेटाएको
कसैको स्वाद मेटाएको छ ,
रसिलो, गुलियो जलेवी
जब ,
जब खाएर , रहर , प्यास मेट्छन्
हिस्सी परेको जलेवीलाई दोषारोपण शुरु भयो ।
सुगर गरायो,मोटो गरायो,पेटै दुखायो
सायद,
सायद जीवन पनि जलेवी नै हो
भन्ने लाग्छ।
गर्भासयबाट एउटा टालोमा
पदार्पण गरेदेखि,
हो ,
उसै दिन देखि
जानी नजानी , चाहि नचाहि, सकि नसकि
कसैको रहर बनेको छ जीन्दगी
कसैको प्यास बनेको छ जीन्दगी
कसैको स्वाद बनेको छ त कसैको आदत बनेको छ।
खिस्स हाँस्यो,
जीन्दगीको तातो कराहीमा पिल्सिंदै
उचालिंदै , पछारिंदै , डुब्दै, तैरिंदै
कसैको रसिलो चास्नीमा डुबेको छ जीन्दगी।
अनेक हण्डर, ठक्कर र चक्करमा
थोरै साहस बोकेर,
भोलीको अमरत्वका लागि
जीवन बाँचिरहेको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्