अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।
मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजार भिसामध्ये ४ हजार भिसा कानून उल्लंघनका कारण रद्द गरिएका छन्। त्यसैगरी, २०० देखि ३ सय भिसा आईएनए-थ्रीबी अनुसार आतंकवादसँग जोडिएको घटनाका कारण रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ।
यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अन्तर्गत आएको हो, जसअन्तर्गत विदेशी विद्यार्थीसँग पनि कडा व्यवहार गरिएको बीबीसीले जनाएको छ। ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीविरुद्ध पनि कारवाही गरेको छ। उनीहरूमाथि यहूदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्