प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ, ८ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँमा आइतबार समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनप्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुहुँदै। तस्बिरः किरणराज विष्ट÷रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति सुआन शुक्रवार नेपाल आउनुभएको हो ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र सुआनबीच भेट भएको थियो । उहाँ भ्रमण पूरा गरेर भोलि स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij