भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।
पार्टीले आसन्न निर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवारको रुपमा छनौट गरिएको पार्टीका कार्यबहाक सभापति डिपी अर्यालले जानकारी दिनुभयो ।
रास्वपाले ९ जना उम्मेदवार मध्येबाट डा. लेखजंग थापालाई उम्मेदवारको रुपमा छनौट गरिएको जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र कुसुम मर्हजन आकांक्षी थिए ।
आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो ।
प्रकाशित मिति : आइतबार, भाद्र १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्