दाङ, राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबिच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा।डा। श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच मुटु रोग उपचारमा सहकार्य गर्ने सम्झौता भएको प्रतिष्ठानका रजिष्ट्रार प्रा। डा। श्याम लम्सालले जानकारी दिनुभयो ।
सम्झौतामा राप्ती प्रतिष्ठानले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रिफरल सेन्टर बनाउने भएको उहाँले बताउनुभयो । यस्तै राप्ती प्रतिष्ठानका विद्यार्थी र प्रशिक्षार्थीहरू शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अभ्यासका लागि उपस्थित हुने सम्झौतामा उल्लेख छ ।
राप्ती प्रतिष्ठानका विद्यार्थीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अधिकतम ६ महिनाका लागि प्रयोगात्मक अभ्यास गर्न सक्ने र त्यसबापत लाग्ने शुल्क प्रतिष्ठानले बुझाउने सम्झौता भएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. लम्सालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्