बुटवल
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिक्षामा बुटवलले ठूलो लगानी गरेका कारण पछिल्लो समय बुटवल शैक्षिक हबकाे रूपमा विकास भएको बताएका छन् ।
बिहीबार बुटवलको देबिनगर स्थित नवीन औद्याेगिक कद्दरबहादुर रीता माविमा निर्माणाधीन विद्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख पाण्डेयले शिक्षामा बुटवलले ठूलो लगानी गरेका कारण त्यसकाे परिणाम पनि राम्रो आएको बताएका हुन् ।
शैक्षिक गुणस्तर राम्रो र प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गर्न सक्षम भएका कारण बुटवल विद्यार्थीकाे राेजाईमा परेको उनको भनाइ थियो ।
सीप र संस्कारसहितकाे गुणस्तरीय शिक्षा बुटवलको मुलमन्त्र भएको भन्दै नगर प्रमुख पाण्डेयले बुटवलमा शिक्षामा एउटा आधार स्तम्भ तयार भएको र त्यसलाई थप ब्यवस्थित र बिस्तार गर्ने आफुहरूकाे योजना रहेको बताए ।
नेपालमै पहिलोपटक बुटवल उपमहानगरपालिकाले विद्यार्थीहरूका लागि ओजिटीमा लगाउने योजना अगाडि सारेको भन्दै उनलेे शिक्षालाई सीप र प्रविधिसँग जाेडेर लैजाने नीति लिइएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले शिक्षामा लगानी बढाएका कारण बाहिरी जिल्लाबाट अध्ययनका लागि बुटवल आउने गरेको भन्दै गुणस्तरीय शिक्षा प्रदान गरेका कारण बुटवलका सामुदायिक विद्यालयहरूमा भर्ना लिन समेत समस्या हुने गरेको बताए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले पर्याप्त कक्षाकोठाकाे अभावमा विद्यार्थी भर्ना लिन समस्या परेको गुनासो गर्दै नयाँ भवन बनेपछि पठनपाठन थप सहज र ब्यवस्थित हुने विश्वास ब्यक्त गरे ।
प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्