रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ ( संशोधन सहित ) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ ।
यसै गरि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, र सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्याउने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्