संयमता अपनाउन र शान्ति कायम गर्न राष्ट्रसङ्घका महासचिव र भारतका प्रधानमन्त्रीको अनुरोध

संयमता अपनाउन र शान्ति कायम गर्न राष्ट्रसङ्घका महासचिव र भारतका प्रधानमन्त्रीको अनुरोध

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयमता अपनाउन र शान्ति कायम गर्न अनुरोध गर्नुभएको छ । नेपालको अवस्थालाई नियालिरहेको भन्दै उहाँहरुले सामाजिक सञ्जालमा पछिल्लो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले हिंसा थप नदिन संमयता अपनाउन र संवाद गर्न आग्रह गर्नुभएको छ । उहाँले मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै जीवन र सम्पत्तिको रक्षासहितको शान्तिपूर्ण विरोध प्रदर्शन हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

त्यस्तै भारतका प्रधानमन्त्री मोदीले नेपालमा भएको हिंसा हृदयविदारक रहेको र धेरै युवाले ज्यान गुमाउनुपरेकोमा अत्यन्तै विचलित भएको उल्लेख गर्नुभएको छ । उहाँले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति–व्यवस्था कायम राख्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij