बुटवल — नेपाल वायुसेवा निगमको जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ यात्रुलाई लिएर चार्टर्ड फ्लाइटमार्फत काठमाडौं प्रस्थान गरेको छ। आइतबार राति हुने भनिएको भैरहवा–काठमाडौं चार्टर्ड फ्लाइट स्थगित भएपछि आज (सोमबार) साँझ मात्रै उडान भएको हो।
विमानस्थलस्थित प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक माधव बुढाथोकीका अनुसार आज दिउँसो २:४५ मा तय गरिएको उडान झन्डै तीन घन्टा ढिलो प्रस्थान गरेको हो।
भारी वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुलाई काठमाडौं पुर्याउन आइतबार राति ७:१५ देखि ९:४५ बजेसम्मको लागि नेपाल वायुसेवा निगमले उडान अनुमति लिएको थियो। त्यसपछि यात्रुहरूको नाम संकलन गरी तयारी गरिएको भए पनि अन्तिम समयमा प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै उडान स्थगित गरिएको थियो।
स्थगित भएको उडान सोमबार दिउँसोका लागि सारिए पनि फेरि निर्धारित समयभन्दा ढिलो मात्रै विमान काठमाडौंतर्फ प्रस्थान गरेको हो।
प्रकाशित मिति : सोमबार, असोज २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्