आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौं , मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन शुरु भएको हो ।

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ । राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ । नेपालमा पनि आज बिबिध कार्यक्रम गरी मानसिक स्वास्थ्य दिवस मनाइदैछ।

प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij