अर्घाखाँची,
अर्घाखाँचीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । गएराति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ टिविकामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा दुई जना चालकको ज्यान गएको छ भने पछाडि चढेका दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।
अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल र लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । ज्यान गुमाउनेमा अर्घाखाँची पाणेनी गाउँपालिमा–५ का २१ वर्षीया तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन् । दुवैको उपचारका क्रममा राति पौने ११ बजे ज्यान गएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका अर्घाखाँची पाणिनीकी १८ वर्षीया दीपा कोइराला र गुल्मीको छत्रकोटका ४४ वर्षीय सुरज सुनार घाइते छन् । उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल रेफर गरिएको छ । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल तीव्र गतिको कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्