रोहिणी गाउँपालिकाले अस्थायी,करार र ज्यालादारी कर्मचारी हटायो

रोहिणी गाउँपालिकाले अस्थायी,करार र ज्यालादारी कर्मचारी हटायो

भैरहवा, रुपन्देहीको रोहिणी गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेक अस्थायी नियुक्त भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत ६१ जना कर्मचारीहरु हटाएको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न मितिमा स्वीकृत दरबन्दी बाहेक कार्यरत ६१ जना कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरिएको गाउँपालिकामा अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

अध्यक्ष यादवका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रअनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भन्ने निर्णय कार्यान्वयनका लागि रोहिणी गाउँपालिकाले पनि अस्थायी, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत ६१ जना कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको हो ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij