काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार चार सय ७६ जना पुगेको छ । कोषका अनुसार आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण तथा योगदान रकम संलकनमा उल्लेख्य वृद्धि भएको हो । कोषमा २२ हजार ७६ रोजगारदाता संस्थाहरू आवद्ध भइसकेका छन् ।
कोषका अनुसार औपचारिक क्षेत्रका ६ लाख ४० हजार श्रमिक आवद्ध छ भने अनौपचारिक क्षेत्रका जम्मा सात सय ९४ श्रमिक मात्रै सहभागी भएका छन् । १९ लाख ३४ हजार भन्दा बढी वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सामाजिक सुरक्षा कोषमा योगदान गरेका छन् । वैदेशिक रोजगारीमा जानुपूर्व अनिवार्य सामाजिक सुरक्षामा जानुपर्ने बाध्यात्मक व्यवस्थाले कामदारहरु प्रक्रिया पुर्याउनका लागि जाने गरेका छन् ।
तर उनीहरुले नियमित जम्मा भने गर्ने गरेका छैनन् । अहिलेसम्म सामाजिक सुरक्षा कोषले ९३ अर्ब रुपैयाँ योगदानकर्ताबाट संकलन गरिसकेको छ । यो रकम धेरै जसो बैंकमा राखेर कोषले ब्याज लिइरहेको छ । सामाजिक सुरक्षा ऐन, कार्यविधिअनुसार यो रकम उत्पादनशील क्षेत्रमा, प्रतिफल दिने क्षेत्रमा लगाउनुपर्ने भएपनि लगानी हुन सकेको छैन ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषको सेवा प्रवाह प्रभावकारी बनाउन एक सय सात स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी स्वचालित सेवा प्रणाली जडान गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्