भारतको दिल्लीस्थित लालकिल्लानजिकै सोमबार साँझ ६.५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
भारतीय पत्रिकाको अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसले नजिकैका सवारीसाधनहरूलाई चकनाचुर पारिदियो। घटनामा ९ जनाको मृत्यु भयो भने २४ जना घाइते भएका छन्।
सुरुमा ११ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो, तर घटनाको तीन घण्टापछि गृहमन्त्री अमित शाहले ८ जनाको मात्र मृत्यु भएको बताए। त्यसपछि अस्पतालको सूचीमा ९ जनाको मृत्यु भएको उल्लेख गरियो।
कारको पछाडिको भागमा विस्फोट भएको थियो, जसले गर्दा नजिकै रहेका छवटा कार, दुईवटा ई रिक्सा र एउटा अटो जले। दशवटा दमकलको सहयोगमा स्थानीय समयअनुसार साँझ ७.२९ बजेसम्ममा आगो नियन्त्रणमा लिइयो।
प्रहरीका अनुसार विस्फोट भएको कारमा तीन जना थिए। कार हरियाणाको गुरुग्राममा सलमान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ।
प्रहरीले सलमानलाई हिरासतमा लिएको छ। सलमानले कार पुलवामाका तारिकलाई बेचेका थिए, जसको खोजी भइरहेको छ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्