बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाण्डौ – बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको ८९ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई हिजो ब्रिच क्यान्डी अस्पताल मुम्बईमा भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । धर्मेन्द्रको जन्म १९३५ डिसेम्बर ८ तारिखमा नस्रालीमा भएको थियो । बलिउडमा धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोड्न सफल भए । उनी अभिनित ‘शोले’ सबैभन्दा धेरै चलेको भारतीय चलचित्रमध्येमा पर्छ ।

यो चलचित्रमा निभाएको ‘वीरु’ चरित्रले धर्मेन्द्रलाई बलिउडका ‘वीरु’ भनेर चिनिन्थ्यो । उनका दुई श्रीमती प्रकाश कौर र हेमा मालिनी रहेकोमा हेमासँग बिवाहपछि कौरसँग सम्बन्ध छुटेको थियो ।

उनका ६ सन्तान अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओल, अजिता र विजेता रहेका छन् । धर्मेन्द्रको निधनसँगै बलिउडमा एउटा इतिहासको अन्त्य भएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij