भारतको बिहार विधानसभा चुनावको मतगणना हुँदैछ । सत्तापक्ष एनडीए र विपक्षी गठबन्धनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ ।
य पटक जेडीयू र भाजपा दुवैलाई बराबर एक सय एक सिट भागबण्डा गरिएको छ । विपक्षी नेता तेजस्वी यादवले मतगणनामा अनियमितता हुनसक्ने चिन्ता व्यक्त गर्दै चुनाव आयोगलाई पूर्ण निष्पक्षता सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
आरजेडी नेता सुनील कुमारलाई मतगणनाको अघिल्लो दिन हिजो उत्तेजनात्मक अभिव्यक्ति दिएको आरोपमा मुद्दा दायर गरिएको इन्डिएन एक्सप्रेसले जनाएको छ । बिहारका ३८ जिल्लाका ४६ केन्द्रमा कडा सुरक्षाकाबीच मतगणना गर्न तयारी भइरहेको खबरमा उल्लेख छ ।
बिहारमा गएको कात्तिक २० गते पहिलो र कात्तिक २५ गते दोस्रो चरणको विधानसभा चुनाव भएको थियो । कुल सात करोड ४५ लाख मतदाता रहेको बिहारमा दुई सय ४३ सिटका लागि दुई हजार १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्