महाधिवेशन प्रतिनिधि ३४ जनाको लागि रुपन्देहीमा करिब १७० जनाको उम्मेदवारी

महाधिवेशन प्रतिनिधि ३४ जनाको लागि रुपन्देहीमा करिब १७० जनाको उम्मेदवारी

बुटवल-  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिका लागि रुपन्देहीबाट १७० जनाको उम्मेदवारी परेको छ। एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीबाट छनोट हुने ३४ जना प्रतिनिधिका लागि करिब १७० जनाको उम्मेदवारी परेको हो।

जसमा सबैभन्दा बढी क्षेत्र नं। २ बाट ४८ जनाको उम्मेदवारी परेको छ। महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं। २ बाट जम्मा १० जना प्रतिनिधि छनोट हुने छन्। ६ जना खुल्ला सदस्यका लागि २६ जना, ३ जना महिलाका लागि १३ जना र एक जना युवाका लागि ९ जनाको उम्मेदवारी परेको छ।

कुल ६ जना प्रतिनिधि छनोट गर्नुपर्ने क्षेत्र नम्बर ३ मा ३७ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष गैरेका अनुसार ३ जना खुल्ला प्रतिनिधिका लागि २३, २ जना महिलाका लागि १० र एक जना युवाका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर १ मा ३८ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नं। १ बाट जम्मा ६ जना महाधिवेशन प्रतिनिधि छनोट हुने छन्। जसमध्ये खुल्ला ३ जनाका लागि २४, महिला २ जनाको लागि ७ र युवा एक जनाको लागि ५ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै क्षेत्र नं। ४ मा ४ जना प्रतिनिधिको लागि १० जनाको उम्मेदवारी परेको हो। क्षेत्र नम्बर ४ मा एक जना महिला प्रतिनिधि सर्वसम्मत रूपमा छनोट भए पनि खुल्ला र युवा प्रतिनिधिका लागि भने सहमति जुट्न सकेन।

क्षेत्र नं। ५ मा पनि ६ जना प्रतिनिधिका लागि ३३ जनाको उम्मेदवारी परेको छ। गैरेका अनुसार खुल्ला ३ जना प्रतिनिधिका लागि २१, महिला २ जनाको लागि १० र एउटा युवा प्रतिनिधिका लागि २ जनाले उम्मेदवारी दिएका छन्।

गैरेले छनोट हुने प्रतिनिधि सङ्ख्या भन्दा झन्डै ५ गुणा बढीको उम्मेदवारी परे पनि शुक्रवार दिउसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भएकोले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गर्ने प्रयास भइरहेको बताए। उम्मेदवारहरूका बिचमा सहमति नजुटे शनिवार बिहान ८ बजेदेखि १ बजेसम्म मतदानको समय तय गरिएको पनि उनले जानकारी दिए।

प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij