अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ भारु चल्ने

अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ भारु चल्ने

काठमाण्डौ – अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ भारु चल्ने भएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया–आरबीआई ले नेपालमा ठूला दरका भारु चलाउन सटही अनुमति दिएको हो ।

अहिले नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै एक सय रुपैयाँभन्दा ठूला दरका भारु चलाउन पनि पाइने भएको हो । अहिले भारतमा एक सयभन्दा ठूला २ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर तीन वर्ष अघिदेखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ ।

आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो । अहिले भारतले भारु २५ हजारसम्म नेपाल र भुटानमा आयात–निर्यात गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij