आजदेखि अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू

आजदेखि अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू

बुटवल, अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ ।

नयाँ ऐनअनुसार इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका प्लेटफर्महरूले नाबालक प्रयोगकर्तालाई रोक्नुपर्नेछ । यो प्रतिबन्ध उल्लङ्घन गरेमा अभिभावक वा बालबालिकामाथि सजाय नहुने भए पनि सामाजिक सञ्जाल कम्पनीहरूले भने अधिकतम ४ करोड ९५ लाख अष्ट्रेलियन डलर बराबरको जरिवाना तिर्नु पर्ने कानुनी व्यवस्था गरिएको बीबीसीले जनाएको छ ।

यो कदमले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने अस्ट्रेलियन सरकारको लक्ष्य छ । तर आलोचकहरूले भने यसले जोखिममा रहेका किशोर–किशोरीलाई झन् एक्ल्याउन सक्ने तथा उनीहरूलाई नियमनविहीन अनलाइन परिवेशमा धकेल्न सक्ने खतरा रहेको चेतावनी दिएका छन् ।

यो निर्णयलाई अन्य देशहरुले पनि चासोका साथ हेरिरहेका छन् । तर सरकारले यसको सफलतामापन कसरी गर्ने भन्ने विषय भने अझै स्पष्ट छैन ।

प्रकाशित मिति : बुधबार, मंसिर २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij