तिलोत्तमा, तिलोत्तमा नगरपालिका वडा नम्बर—३ वडा कार्यालयद्धारा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले सल ओडाएर सम्मान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा ३ वडा कार्यालयले जिवनको सबै भन्दा महत्वपूर्ण पाटो सम्मान महत्वपूर्ण कुराहरू भएकोर वडा कार्यालयले ज्येष्ठ नागरिकको सम्मान गरेर सराननीय कार्य गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद दिनुभयो । देशका ७५३ वटा नगरपालिका मध्य सबैको रोजाईमा तिलोत्तमा पर्नुको कारण पनि यस्तै ज्येष्ठ नागरिकदेखि हरेक सकारात्मक कार्यहरु गर्ने,यहाँका नागरिक पनि नगरप्रति सकारात्मक भएका कारण सम्भब भएको बताउदै प्रमुख अतिथि खांणले तिलोत्तमाबासी नागरिकहरुको दुख सुखमा नगरपालिका सधै संगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपालीहरुको सरदर आयु बढिरहेको बेला यसरी ज्येष्ठ नागरिक सम्मान गर्न पाउन खसीको कुरा भएको बताउनुभयो। उहाँले अनुशासित समाजमा मात्र ज्येष्ठ नागरिकको सम्मान हुने भएकाले तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान गरिरहेको पनि बताउनुभयो ।

सो अबसरमा बरिष्ठ पत्रकार तथा ज्येष्ठ नागरिक मदनलाल पौडेलले नेपाल ज्येष्ठ नागरिकहरको देश हुदै गइरहेकाले ज्येष्ठ नागरिकहरुले पनि आफ्नो बारेका सचेत रहन पर्ने बताउनु भयो ।


कार्यक्रममा वडाका १०९ जना ७६ देखि ८० बर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । वडाले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गदै उहाँहरुलाई अतिआवश्यक जिन्सी समान समेत उपलब्ध गराएको थियो । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षता, वडा सदस्य एवं कार्यपालिका सदस्य लक्ष्मी घिलेको स्वागत तथा वडा सचिव गोकुल गिरीको संचालनमा सम्पन्न ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न राजनितिक दलका अध्यक्ष तथा प्रतिनिधि,ज्येष्ठ नागरिक,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयमं सेविका ,कर्मचारी स्थानीय नागरिक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्