काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच अहिले छलफलमा भैरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आफैँ छलफलमा जुट्नुभएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई महाराजगञ्जमा रहेको आफ्नै निवासमा छलफलका लागि बोलाउनुभएको हो । देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुग्नुभएको छ ।
यता भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा चुनावी प्रक्रिया शुरू भएको छ । यसअघि विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच गएराति अबेरसम्म भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानैदेखि शीर्ष नेताहरु थप छलफलमा जुटेका छन् ।
प्रकाशित मिति : बुधबार, पुष ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्